दफा ६७
सूचीबाट हटाउने
(१) ऐनको परिच्छेद-६ख. अन्तर्गत सूचीकृत कुनै व्यक्ति, समूह वा सङ्गठनले आफ्नो नाम सो सूचीमा समावेश हुनु नपर्ने आधार र कारण सहित त्यस्तो सूचीबाट आफ्नो नाम हटाउन अनुसूची -६ बमोजिमको ढाँचामा गृह मन्त्रालयमा निवेदन दिन सक्नेछ।

तर ऐनको दफा २९ङ. बमोजिमको सूचीमा समावेश भएको व्यक्ति, समूह वा सङ्गठनले त्यस्तो निवेदन परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयमा दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर गृह मन्त्रालयले निवेदकको नाम, ठेगाना सूचीसँग मिले वा नमिलेको र निवेदक सूचीको विषयसँग सम्बन्धित भए वा नभएको विषयमा जाँचबुझ गर्नु पर्नेछ।

(३) गृह मन्त्रालयले उपनियम (२) बमोजिम जाँचबुझ गर्दा निवेदक सूचीमा रहनु पर्ने नदेखिएमा सोको आधार र कारण सहित निर्णयको लागि नेपाल सरकारसमक्ष प्रस्ताव पेस गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिम नेपाल सरकारले कुनै व्यक्ति, समूह वा सङ्गठनको नाम सूचीबाट हटाउने निर्णय गरेमा गृह मन्त्रालयले देहाय बमोजिम गर्नु पर्नेछ:-

(क) निवेदक ऐनको दफा २९ङ. बमोजिमको सूचीमा समावेश रहेको भएमा निजको नाम उक्त सूचीबाट हटाउनको लागि परराष्ट्र मन्त्रालयमार्फत संयुक्त राष्ट्र सङ्घको सम्बन्धित निकायमा लेखी पठाउने,

(ख) निवेदक कुनै मुलुकबाट अनुरोध भए बमोजिम ऐनको दफा २९च. को उपदफा

(३) बमोजिमको सूचीमा सूचीकृत रहेको भएमा निजको नाम सो सूचीबाट हटाई सोको जानकारी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकलाई दिने,

(ग) निवेदकलाई नेपाल सरकार आफैँलै-ऐनको दफा २९च. को उपदफा (३) बमोजिमको सूचीमा सूचीकृत गरेको भएमा सो सूचीबाट हटाउने, र

(घ) निवेदकलाई नेपालः सरकारको अनुरोधमा विदेशी मुलुकले सूचीकृत गरेको भएमा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा लेखी पठाउने ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति, समूह वाःसङ्गठनको नाम ऐनको दफा २९. र २९च. बमोजिम सूचीकृत:गर्दा ऐन बमोजिम सूचीमा समावेश हुनु नपर्ने कुनै व्यक्ति, समूह वा सङ्गठनको नाम सूचीकृत भएको पाइएमा गृह मन्त्रालयले त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाउनु पर्नेछ।

(६) कुनै व्यक्ति, समूह वा सङ्गठनको नाम ऐनको दफा २९ङ, र -२९च. बमोजिम आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीसँग सम्बन्धित व्यक्ति, समूह वा सङ्गठनको सूचीमा रहेको व्यक्ति, समूह वा सङ्गठनको नामसँग मिलेको कारणले सूचीमा रहनु नपर्ने पाइएमा गृह मन्त्रालयले त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाउनु पर्नेछ।

(७) कुनै व्यक्ति, समूह वा सङ्गठन उपनियम (४) को खण्ड (ख) र (ग) वा उपनियम (५) वा (६) बमोजिम वा संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद्‌ वा सम्बन्धित समितिको निर्णय अनुसार ऐनको दफा २९ङ. बमोजिमको सूचीमा समावेश रहेका सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको नाम सूचीबाट हटाइएमा गृह मन्त्रालयले सोको सूचना आफ्नो वेबसाइटमा तत्काल प्रकाशन गरी विद्युतीय माध्यमबाट . त्यसको जानकारी नियमनकारी निकाय, वित्तीय जानकारी इकाई र सूचक संस्थालाई समेत दिनु पर्नेछ।

(८) ऐनको दफा _२९ङ.. वा २९च. बमोजिम सूचीकृत व्यक्ति, समूह वा सङ्गठन ऐन वा यस नियमावली बमोजिम सूचीमा रहने वा नरहने निर्धारण गर्न गृह मन्त्रालयले नियमित रूपमा सर्मीक्षा गर्ने व्यवस्था गर्नेछ।

(९) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा २९ङ. बमोजिम संयुक्त राष्ट्र सङ्घको सूचीमा सूचीकृत व्यक्ति, समूह वा सङ्गठनले ऐन वा यस नियमावली बमोजिम आफू त्यस्तो सूचीमा नरहनु पर्ने देखेमा सोको आधार र कारण खुलाई संयुक्त राष्ट्र सङ्घको सम्बन्धित समितिमा समेत निवेदन दिन सक्नेछ।